वि.सं:
नेपाल संवत: ११४५ थिंलागा सप्तमी - २२
नेपालका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा व्यवस्था भए बमोजिम निवृत्तभरण, उपदान, उपचार खर्च, सञ्चित बिरामी बिदाको रकम भुक्तानी, पारिवारिक निवृत्तभरण, शैक्षिक तथा सन्तति वृत्ति लगायतका सुविधाहरू सहज तथा सरल रुपमा उपलब्ध गराउन तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत विभाग स्तरीय कार्यालयको रुपमा स्थापना भएको विद्यालय शिक्षक किताबखाना मुलुकको शासकीय स्वरुपमा आएको परिवर्तन पश्चात हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखाना (शिक्षक) को रुपमा सञ्चालनमा रहेको छ।
यसको अलावा शिक्षकको सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक गर्ने, उमेर हदका कारण अनिवार्य अवकाश पाउने शिक्षकहरूको नामावली प्रकाशन गर्ने, वार्षिक तलबी विवरण पारित गर्ने गराउने, निवृत्तभरण कोषको सञ्चालन गर्ने, सेवा अवधि गणनासम्बन्धी काम गर्ने, सम्पत्ति विवरण दर्ता गर्ने Recruitment to Retirement को कार्य सम्पादन गर्दै आइरहेको छ ।