नेपाल सरकार​

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय​

राष्ट्रिय किताबखाना

(शिक्षक)

क. निवृत्तभरण

  • शुरु स्थायी नियुक्ति पत्र
  • सरुवा, वढुवा, रमाना, तालिम सम्बन्धि पत्रहरु । रमाना पत्रमा विदा उल्लेख नभएको भए वा द्विविधा भएमा तत्कालिन विद्यालयको विदा उल्लेख भएको पत्र तथा विदाको सक्कल अभिलेख रजिष्टार, संचित विदा उल्लेख भएको संख्यामा केरमेट, थपघट, टिपेक्स लगाई सच्याईएको पत्र संलग्न नगर्ने ।
  • अस्थायी र स्थायी अवधिको विदाको फाराम छुट्टाछुटै भर्ने ।
  • सेवा प्रवेश गर्दाको र हालको शैक्षिक योग्यता तथा नागरिकता प्रमाणपत्र ।
  • सेवा अवधिभर असाधारण तथा वेतलवी विदा, अध्ययन विदा लिए/नलिएको स्पष्ट खुलेको विद्यालयको पत्र ।
  • सेवा अवधिभर औषधी उपचार खर्च रकम लिए÷नलिएको स्पष्ट खुलेको विद्यालयको पत्र ।
    वरवुझारथ गरेको विद्यालयको पत्र ।
  • जि.शि.का.बाट सेवा अवधि प्रमाणित पत्र ।
  • नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) १ थान भरी विद्यालय र जि.शि.अ.बाट प्रमाणित गरी पेश गर्ने ।
  • ३/३ प्रति पासपोर्ट साइजको फोटो (सम्बन्धित शिक्षक र हकवालाको ) ।
  • नाम, थर फरक परेको भए सम्बन्धित निकायको प्रमाणित पत्र ।
  • विभागीय सजाय पाए/नपाएको विद्यालयको पत्र ।
  • शिक्षकको विवरण संक्षिप्त रुपमा उल्लेख भएको नि.भ./उपदान माग फाराम विवरण भरी जि.शि.अ.बाट प्रमाणित ।
  • सम्पूर्ण कागजातहरुमा जि.शि.अ.बाट व्यहोरा प्रमाणित भएको हुनु पर्ने ।

ख. उपदान

  • उपरोक्त अनुसार बुँदा नं. ५(क) बमोजिम कागजातहरु ।

ग. पारिवारीक निवृत्तभरण

  • मृत्यूदर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  • नाता प्रमाणित पत्रको पमाणित प्रतिलिपी ।
  • नेपाली नागरिकता प्रमाणपत्र (शिक्षक र हकवाला)को प्रमाणित प्रतिलिपि ।
  • उपरोक्त अनुसार बुँदा नं. ५(क) बमोजिमको कागजातहरु ।


घ. निवृत्तभरण नामसारी/पेन्सनपट्टा प्रतिलिपि

  • मृत्युदर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  • नाता प्रमाणित प्रत्रको प्रमाणित प्रतिलिपि ।
  • हकवालाको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी ।
  • सम्बन्धित/हकवालाको ३ प्रति पासपोर्ट साइजको फोटो ।
  • नि.भ.अधिकार पत्र (पेन्सनपट्टा प्रतिलिपीको लागि समेत । )
  • नि.भ.अधिकार पत्र(पेन्सनपट्टा) हराएकोमा प्रहरी प्रतिवेदन ।
  • रु.२००।– को नगदी रसिद (प्रतिलिपिको लागि)
  • निवेदन पत्र ।

ङ.ठेगाना परिवर्तन

  • शुरु स्थायी नियुक्तिको प्रमाणित प्रतिलिपि ।
  • सरुवा रमाना पत्र आदिका प्रमाणित प्रतिलिपि ।
  • शिक्षक वैयक्तिक विवरण(सिटरोल) प्रमाणित ।
  • नैपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • उल्लेखित बुँदा नं. ५(क) बमोजिमका आवश्यक कागजातहरु ।
  • वसाई सराई गर्दा परिवार सहित वसाई सराई गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  • वसाई सराई गरेको क्षेत्रमा खरिद गरेको जग्गाको जग्गा धनि दर्ता प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि ।
  • वसाई सराईको लागि दुबै तर्फको पञ्जिकाधिकारीको कार्यालयबाट प्राप्त वसाई, सराई प्रमाण पत्रको प्रतिलिपि ।
  • वसाई सरी गएको क्षेत्रको मतदाता नामावलीमा निजको परिवार सहितको नाम समावेश भएको निर्वाचन आयोगको मतदाता नामावली ।
  • जि.शि.का. को सिफारिश पत्र ।

च. तलवी प्रतिवेदन पारित गर्ने प्रकृया

  • विद्यालय शिक्षक किताबखानाले विकास गरेको तलबी प्रतिवेदन फाराम वमोजिमको विवरणहरु प्रत्येक जि.शि.का.ले प्रत्येक वर्ष चैत्र मसान्त सम्म तयार गरि सो को ज्बचम ऋयउथ र क्यात ऋयउथ किताबखानामा पठाउने ।
  • विद्यालय शिक्षक कितावखानाले प्राप्त विवरणहरु रुजुगरी भिडाई विद्यालयगत रुपमा ग्रेड संख्या र रकम एकिन गर्ने ।
  • एकिन भए पछि तलवी प्रतिवेदन पुनः रुजु गरी प्रमाणित गर्ने ।
  • प्रमाणित तलवी प्रतिवेदन असार मसान्त सम्ममा जि.शि.का.मा पठाउने ।
  • सूचना र तथ्याङ्कमा फरक परि तलव  ग्रेडको रकम तथा संख्या र विवरणमा फरक भएका शिक्षकहरुको तलवी प्रतिवेदन संशोधनका लागि भाद्र मसान्त भित्र आधार, प्रमाण पुष्ट्याई सहित पुनः किताबखानामा पठाउनु पर्ने ।
  • प्राप्त तलवी प्रतिवेदन संशोधन गरी जि.शि.का.मा पठाउने ।

छ.वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) दर्ता तथा प्रमाणित

  • शुरु स्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि ।
  • सरुवा, वढुवा, रमाना हाजिर भएको जानकारी सम्वन्धी पत्रका प्रमाणित प्रतिलिपिहरु ।
  • शैक्षिक योग्यता तथा नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु ।
  • सेवा अवधिभर असाधारण तथा वेतलवी विदा, अध्ययन विदा लिए÷नलिएको स्पष्ट खुलेको जि.शि.का.को पत्र ।
  • सेवा अवधिभर कार्यरत औषधि उपचार रकम लिए÷नलिएको स्पष्ट खुलेको जि.शि.का.को पत्र ।
  • नाम, थर नमिलेको भए सम्बन्धित निकायको सिफारिश पत्र ।
  • उल्लेखित कागजातको व्यहोरासँग भिड्ने गरी शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसूचि १६ वमोजिमको वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) फाराम – ३ थान भरी विद्यालयको प्र.अ. र जि.शि.अ.बाट प्रमाणित ।
  • विद्यालय शिक्षक कितावखानामा प्राप्त सिटरोल र कागजातहरु भिडाई कम्यूटर एक्ष्क् मा प्रविष्ट गराई शिक्षक संकेत नं. कायम गरि प्रमाणित गरे पछि १ थान सिटरोल अभिलेखमा राखी २ थान जि.शि.का.मा पठाईन्छ ।
  • जि.शि.का.बाट १ थान कार्यालयमा राखी १ थान शिक्षक कार्यरत विद्यालयमा पठाउने ।
  • शैक्षिक योग्यता र नागरिकतामा जन्म मिति फरक भएमा अघिल्लो जन्म मिति उल्लेख गर्ने ।

ज. अस्थायी शिक्षकको विरामी विदाको रकम भुक्तानी तथा यकिन गर्ने

  • शुरु अस्थायी नियुक्ति पत्र ।
  • म्याद थप गरिएको पत्र÷अस्थायी नियुक्ति समर्थन÷ अस्थायी नियुक्तिको अभिलेख ।
  • अवकाश/राजीनामा वा अस्थायी नोकरी अवधि समाप्त भएको पत्र ।
  • संचित विदाको अभिलेख (निर्धारित ढाँचामा) ।
  • जि.शि.का.को सिफारिश पत्र ।
  • सेवा अवधि खुल्ने सेवा प्रमाणित पत्र ।
  • नेपाली नागरिकताको प्रमाणपत्र ।
  • शैक्षिक योग्यताको प्रमाण पत्र ।
  • सरुवा भएको भए सरुवा रमाना पत्र ।

झ. आजीवन पारिवारिक वृत्ती÷सन्तती वृत्ति र शैक्षिक भत्ता

  • उल्लेखित बुँदा नं.५(क) र (ग) बमोजिमका आवश्यक कागजातहरु ।
  • शिक्षा नियमावली, २०५९ (संशोधन सहित) नियम १२५ अनुसारको वृत्ती सिफारिश समितिको निर्णय तथा सिफारिशमा विद्यालयको कामको शिलशिलामा दुर्घटनाको कारण शिक्षकको मृत्यु भएको भन्ने व्यहोरा उल्लेख भएको हुनु पर्ने र सो सुविधा उपलव्ध गराउन जि.शि.का.को सिफारिश पत्र ।
  • सन्ततीहरुको जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र विद्यालयमा अध्ययन गरिरहेको सिफारिश पत्र ।
  • सम्बन्धित शिक्षकलाई काजमा खटाएको पत्र ।
  • दुर्घटनाजन्य प्रमाणहरु ः–घटना स्थलगत प्रकृति मुथुल्का(सर्जमिन) । लासजाँच प्रकृति मुचुल्का (पोष्टमार्टम रिपोर्ट) र प्रहरी प्रतिवेदन ।
  • तीन/तीन प्रति पासपोर्ट साइजको फोटो सहित सम्वन्धित व्यक्तिहरु विद्यालय शिक्षक कितावखानामा आउनु पर्नेछ ।

ञ. सेवा, सुविधा रकम निकासा (औ. उ./उपदान/संचित विरामी विदा)(अस्थायी अवधिको समेत)

  • अवकाश प्राप्त शिक्षकहरुको नि.भ.÷उपदान किटान भएपछि पाउने रकम निर्धारण भए अनुसार सम्बन्धित जि.शि.का.बाट शिक्षकहरुले भुक्तानी पाउने गरी अख्तियारी (निकासा) पठाईनेछ ।

ट.ईच्छाइएको व्यक्ति परिवर्तन

  • विवाह दर्ता, नाता प्रमाणित प्रमाण पत्र मृत्यु दर्ता प्रमाण पत्र, ईच्छाइएको व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, सक्कल नि.भ.पत्र, (पेन्सनपट्टा), ३ प्रति पार्सपोर्ट साईजको फोटो र जन्म दर्ता आदि । सम्वन्धित निवृत्त शिक्षकको मृत्यु पछि इच्छाएको व्यक्ति परिवर्तन गरिने छैन ।

ठ. कार्यरत औषधि उपचार खर्च

  • अस्पतालमा भर्ना र डिस्चार्ज भएको कागजात ।
  • औषधोपचार गर्दा लागेको खर्चको विल भर्पाइमा जि.शि.अ.ले प्रमाणीत गरि पाउने रकम यकिन गरेको सिफारिश पत्र ।
  • उपचार गराउँदा उपभोग गरेको स्विकृत विदाको पत्र तथा सि.नं ५ वमोजिमको आवश्यक कागजातहरु ।
  • उक्त रकम माग गरि श्री शिक्षा मन्त्रालयमा पठाईनेछ ।

ड. ७५/८५ वर्ष उमेर पुरा भएको प्रमाणित

  • उमेर खुल्ने प्रमाणहरु । जस्तै ः– पेन्सन पट्टा नागरिकता, जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र आदि ।
  • ७५/८५ वर्ष उमेर पुरा भएको प्रमाणित भएपछि शिक्षा नियमावली वमोजिम पेन्सनमा रकम थप हुनेछ ।

ढ. नोकरी अवधि गणना

  • शिक्षा नियमावली २०५९ (संशोधन सहित) नियम ११४ (क) १ वमोजिम वहालवाला शिक्षकले २०६९ चैत्र मसान्त भित्र नोकरी अवधी गणना गराउनु पर्ने व्यवस्था थियो र नयाँ नियुक्ति हुने शिक्षकले नियुक्ति पाएको मितिले १ वर्ष भित्र शिक्षक किताबखानाबाट नोकरी अवधी गणना गराउनु पर्ने व्यवस्था  रहेको छ । सो कार्यका लागि पेश गर्नु पर्ने कागजातहरु निम्न रहेका छन् ।
  • स्थायी नियुक्ति पत्र
  • सरुवा, बढुवा, रमानाको पत्र ।
  • तत्कालिन राजीनामामा र अवकाश तथा नियुक्ति पत्र ।
  • सेवा, सुविधा लिएरनलिएको सम्बन्धमा सो कुरा खुल्ने पत्र ।
  • वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) भरी प्रमाणित भएको हुनु पर्ने ।
  • नभरेको भए ३ थान सिटरोल भरी विद्यालय तथा जि.शि.का.वाट प्रमाणित पेश गर्ने ।
     

नोट:- उपरोक्तानुसार कार्य सम्पादन गर्न र गराउनको लागि पेश भएका कागजातहरुको सक्कल प्रति भिडाउने गरिएको छ । प्रतिलिपि कागजातहरुमा जि.शि.अ.बाट व्यहोरा प्रमाणित भएको हुनु पर्छ ।

डाउनलोड गर्नुहोस

20170329_170629.jpg3.jpg4.jpg5.jpgIMG_1845.jpgpariwar.jpgpct.jpg