माननीय मन्त्री चित्रलेखा यादवज्यूको सुझाव तथा निर्देशन

m1माननीय शिक्षा मन्त्री चित्रलेखा यादवज्यूले मिति २०७०।१२।०५ गतेको दिन विद्यालय शिक्षक किताबखानाको अवलोकन तथा निरीक्षण गर्नु भई सामुदायिक विद्यालयका शिक्षकहरुको अभिलेख व्यवस्थित गर्ने, छिटो छरितो तथा पारदर्शी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

 

 

मुख्य सचिवज्यूबाट नागरिक वडापत्र शुभारम्भ

mmविद्यालय शिक्षक किताबखानामा मिति २०७०।११।११ देखि क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु भएको छ । उक्त कार्यक्रमको शुभारम्भ गर्दै मुख्य सचिव श्री लिलामणी पौड्रयालज्यूले क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु गर्ने पहिलो विभागीय निकाय भएकोमा हार्दिक धन्यवाद दिंदै सेवाग्राहीलाई केन्द्र विन्दुमा राखेर सेवा प्रवाहमा उत्तरदायी र जिम्मेवार हुन कर्मचारीहरुलाई निर्देशन दिनु भयो । उक्त कार्यक्रममा सेवाग्राहीलाई सर्वोपरि राखी सेवा प्रवाह गर्न शिक्षा मन्त्रालयबाट सहयोग हुने आश्वासन दिदै तत्कालीन शिक्षा सचिव श्री नारायण गोपाल मलेगाले क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु गरेकोमा शुभ कामना व्यक्त गर्नु भयो ।

 

महानिर्देशक गणेश राई

ganesh1शिक्षण पेशामा समर्पित र सचेत सेवाग्राहीहरुको रुपमा रहेको झन्डै १ लाख ८ हजार शिक्षकहरुका सेवा प्रवेश देखि सेवारत वृति, सेवा प्रवर्तन हुँदै सेवा निवृत्ति सम्मका काम र जिम्मेवारीका लागि स्थापित यो विभागले शिक्षकहरुको सूचना प्रणाली (त्क्ष्क्) लाई स्पष्ट, पारदशीर्, विवाद रहित, सरल, सहज, व्यवहारीक र पूर्णता सहितको अभिलेख तथा व्यक्तिगत विवरणलाई विद्युतीयकरण गर्दै सेवाग्राहीलाई तत्काल सेवा प्रदान गर्न प्राविधिक तथा प्रशासनिक संयन्त्रको स्वचालन गर्ने एउटा पाटो हो भने अर्को पाटो सेवामा कार्यरत कर्मचारीहरु स्वयं आफ्नो सेवा र दायित्व प्रति सँधै सजग, सक्रिय र जिम्मेवार हुनु पर्ने नैतिक तथा कानुनी उत्तरदायित्वलाई आत्मसाथ गरी “क्षतिपूर्ती सहितको नागरिक वडापत्र” द्वारा संस्थागत अनुशासन र पद्धतिको संरचनागत शुरुवात भएको छ ।
यसरी यो किताबखानाले आफ्नो आन्तरीक स्वच्छता, क्षमता र नविनताको प्रादुर्भाव बाट कार्यकुशलता र लोकप्रियता अभिवृद्धि गरी संस्थागत विकासमा नयाँ कोशेढुंगो स्थापित गर्दै अगाडि बढ्न सफल भएको छ ।